१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय



चितवन । सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरे अघि बढ्ने निर्णय गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र गठन समेत गठन गर्ने निर्णय गरेको छ । जसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय गरेको छ ।

गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

त्यस्तै स्थानीय तह निर्वाचनका लागि केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १र१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।

सोमबारको बैठकमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  २ : ३० बजे

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको