१४ असार २०८३, आइतबार | June 28, 2026

टी–२० क्रिकेट : नेपालद्वारा पपुवा न्युगिनीसामु १६९ रनको लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीसामु जितका लागि १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको हो । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अद्र्धशतकीय पारी खेले । उनले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ऐरीले ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे ।

यस्तै करन केसीले अविजित ३३ रन बनाए । उनले १२ बल खेल्दै एक छक्का र पाँच चौका प्रहार गरे । आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए । अहिले पपुवा न्युगिनी जवाफी ब्याटिङ गरिरहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाउँदै १८ रन बनाएको छ । नेपालका करन केसीले पपुवा न्युगिनीको पहिलो विकेट लिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  २ : ५७ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली