१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

त्रिदेशीय टी-२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी



काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित निकालेको छ ।

बिहीबार ग्लासगोमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशलले ६१ रन बनाए । उनले ५१ बलमा ६ चौका प्रहार गरे । यस्तै, आरिफ सेखले रिटायर्ट हर्ट हुनुअघि २३ बलमा तीन चौका र दुई छक्कासहित ३९ रन थपे । भीम सार्कीले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । लोकेश बम १२ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका बेन फ्लेचर, आयर्न दत्त, जाच लायोन क्याच्ट र रोइलोफ भान डेर मार्वेले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको डच टोली निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा थियो ।

नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै, रोइलोफ भान डेर मार्वेले ३६ र आयर्न दत्तले १७ रन थपे । सफिक जुल्फिकरले १४ रन जोडे । नेपालका करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।

यो जितसँगै नेपालले शृंखलाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । नेपालले यसअघिका दुई खेलमा समान एक जित र एक हारको नतिजा आत्मसात गरेको थियो । नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग नै तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो ।

यो जितसँगै नेपालले तीन खेलबाट चार अंक जोडेको छ । नेपालले अब भोली शृंखलाको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्ने छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : १४ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा