१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको मध्यम लक्ष्य



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई १ सय ९४ रनको मध्यम लक्ष्य दिएको छ ।

स्कटल्याण्डमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गर्यो ।

स्कटल्याण्डका लागि ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ७८ रन बनाउदै आउट भए । स्कटल्याण्डका महत्वपुर्ण योगदान गरेका मन्सी कुशल भुर्तेलको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भए ।

पहिलो विकेटका लागि मार्क वाटसँग मन्सीले ३४ रनको साझेदारी गरे । वाट ९ बलमा ९ रन जोड्दै रुपेश सिंहको बलमा बोल्ड आउट भए । तेस्रो विकेटका लागि मन्सीले ब्रण्डन मकमलनसँग ५६ बलमा १ सय रनको महत्वपुर्ण साझेदारी गरे । मकमलन ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रनमा आउट भए ।

माइकल लिस्क १७ बलमा २६ तथा म्याथ्यु क्रस १३ बलमा १७ रन बनाउदै अविजित रहे । कप्तान रिची बेंरिग्टन ९ रन बनाउँदै कुशलको बलमा लोकेश बमद्वारा समातिए ।

नेपालका लागि कुशलले २, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेशले समान १ विकेट लिए । नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । नेपालले यो खेल जितेमा नेपालको ६ अंक हुनेछ । जसले तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन हुनेछ ।

नेपालको भन्दा स्कटल्याण्डको रन रेट राम्रो रहेको छ । स्कटल्याण्ड विजयी भएमा नेपाल र घरेलु टोलीको अंक बराबरी हुन्छ । त्यस्तोमा रन रेटमा अघि रहेका कारण स्कटल्याण्ड च्याम्पियन हुनेछ ।

पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल सोमवार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । बिहिवार अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : २५ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा