२४ बैशाख २०८१, सोमबार | May 6, 2024

१६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधी वडा नं १७ लाई



१६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८
वडा नं १७ लाई उपाध

बुटवल । बुटवलमा सोमबार सम्पन्न १६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधि वडा नं १७ ले हात पारेको छ। फाईनल खेलमा वडा नं ८ लाई २-० गोल अन्तरले पराजित गर्दै वडा नं १७ ले उपाधि हात पारेको हो ।

उपाधिसंगै उसले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता वडा नं ८ नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको फाईनलमा जितका लागि वडा नं १७ का आशिष गुरुङले खेलको ८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
वडा नं १७ का सुसन थापाले खेलको ६१ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी वडा नं १७ का आशिष गुरुङ घोषित भए । यसैगरि वडा नं ८ का निरज थापा वेष्ट डिफेन्डर, वडा नं ७ का मोहन थापा हाई स्कोरर, वडा नं १७ शिशिर कार्कि वेष्ट किपर र वडा नं १७ का बुद्घ गुरुङ बेष्ट कोचबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवि आचार्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, स्थाई कमिटि सदस्य केशव रोक्का, नेकपा एमाले प्रदेश सचिवालय सदस्य पुरन गुरुङ, जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डे, जिल्ला सदस्य राजेन्द्र ढकाल, नहकुल शाही, मनोज गौचन, कल्पना थापा, सुरज खरेल, नेकपा एमाले नगर अध्यक्ष किशन ज्ञवाली, राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाका अध्यक्ष सुदर्शन खाम्चा, उपाध्यक्षले विजेता टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ४९ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र