१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

१६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधी वडा नं १७ लाई



१६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८
वडा नं १७ लाई उपाध

बुटवल । बुटवलमा सोमबार सम्पन्न १६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधि वडा नं १७ ले हात पारेको छ। फाईनल खेलमा वडा नं ८ लाई २-० गोल अन्तरले पराजित गर्दै वडा नं १७ ले उपाधि हात पारेको हो ।

उपाधिसंगै उसले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता वडा नं ८ नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको फाईनलमा जितका लागि वडा नं १७ का आशिष गुरुङले खेलको ८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
वडा नं १७ का सुसन थापाले खेलको ६१ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी वडा नं १७ का आशिष गुरुङ घोषित भए । यसैगरि वडा नं ८ का निरज थापा वेष्ट डिफेन्डर, वडा नं ७ का मोहन थापा हाई स्कोरर, वडा नं १७ शिशिर कार्कि वेष्ट किपर र वडा नं १७ का बुद्घ गुरुङ बेष्ट कोचबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवि आचार्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, स्थाई कमिटि सदस्य केशव रोक्का, नेकपा एमाले प्रदेश सचिवालय सदस्य पुरन गुरुङ, जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डे, जिल्ला सदस्य राजेन्द्र ढकाल, नहकुल शाही, मनोज गौचन, कल्पना थापा, सुरज खरेल, नेकपा एमाले नगर अध्यक्ष किशन ज्ञवाली, राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाका अध्यक्ष सुदर्शन खाम्चा, उपाध्यक्षले विजेता टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ४९ बजे

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको

बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन