७ आश्विन २०८३, बुधबार | September 23, 2026

चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा



काठमाडौं । काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मंगलबारबाट सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहले देशको आयात निर्यातलाई थप सहज बनाउने बताए ।

‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ देउवाले भने, ‘बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यातलाई थप सहज बनाउने छ ।’

चोभार सुख्खा बन्दरगाहको विशेष महत्व रहेको उनले जनाए । बन्दरगाहले व्यापारलाई सहजीकरण गर्नुकासाथै पारदर्शी पनि बनाउने उनले बताए ।

२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो ।

निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ३ : ४९ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक