१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

स्थानीय तह निर्वाचन : दलहरुलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठ)



काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई लक्षित गर्दै दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । स्थानीय आयोगले दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता माग्दै ६० बुँदे निर्देशन दिएको हो ।

निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका दलहरूलाई आयोगले निर्देशन दिएको जनाएको छ ।

निर्देशनमा चुनाव प्रचारप्रसारका लागि समय समेत तोकिएको छ । सार्वजनिक प्रचार कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने निर्देशनमा उल्लेख गरिएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’, आयोगको निर्देशनमा भनिएको छ । सार्वजनिक स्थानमा सभा गर्दा सभा गर्नुपूर्व अनुमति लिनु पर्ने समेत निर्देशनमा लेखिएको छ ।

आयोगले जुलुस, आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने उल्लेख गरेको छ ।

आचारसंहिता कार्यान्वयनका सम्बन्धमा आयोगले दर्ता भएका दलहरुलाई छलफलका लागि बोलाएकोमा बैठकमा उपस्थित साना दलका प्रतिनिधिहरुले आयोगका पदाधिकारी विरुद्ध जाईलाग्ने गरि होहल्ला गरेपछि एमाले सहित कतिपय दलहरुले आचारसंहिता पालना गर्ने प्रतिबद्धतामा समेत हस्ताक्षर नगरि फर्केका थिए ।
निर्देशनको पूर्णपाठ :

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/Press-Release-2078-12-22.pdf” title=”Press Release 2078-12-22″]

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : १५ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको