६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

विश्व खेलकुद दिवसमा लुम्बिनीमा वाकाथुन



भैरहवा । नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार वाकाथुन, द्विप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ ।

विश्व भर अप्रिल ६ (चैत्र २३)का दिन विकाश र शान्तिको लागी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदैछ । यसै क्रममा बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम आयोजना हुन गैरहेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिब सुजन लाल श्रेष्ठले जानकारी दिए ।

लुम्बिनीमा वाकाथुन, द्विप प्रज्वलन साथै लुम्बिनी स्थित बिभिन्न स्वदेशी तथा बिदेशी बिहारका भिक्षुहरुको उपस्थितीमा विश्व शान्तिका लागी प्रार्थना गरीने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसी, प्रदेशका खेलकुद मन्त्री वसिउद्धिन खान, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, लुम्बिनी बिकाश कोषका उपाध्यक्ष भिक्षु मेत्ता समेत सहभागी हुनेछन् । मुख्यमन्त्रीले बिश्व शान्ति द्धिप रहेको स्थानबाट बेलुन उडाएर वाकाथुन कार्यक्रम सुरु गर्ने र वाकाथुन मायादेवी मन्दिर परीसरमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : २९ बजे

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई