४ पुस २०८२, शुक्रबार | December 20, 2025

बेलायती क्रिकेट क्लबमा नेपाली प्रशिक्षक



लन्डन । बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् ।

योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल अण्डर-११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो ।

डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ ।

नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन् । उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट ुयोङ प्लेयर अफ दी इयरु को टाइटल जितेका थिए ।

उनले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट कल्वबाट डिभिजन वान खेलमा लिग तर्फको पहिलो टाइटल हात पारेका थिए । उनले सन् २०१८ मा स्टर्लिङ कल्वबाट प्रिमियर लिगमा १८७ रन बनाएर सर्वाधिक रेकर्ड कायम गर्ने खेलाडीको रुपमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको