६ श्रावण २०८३, बुधबार | July 22, 2026

अब समुद्री बन्दरगाहबाट सिधै काठमाडौंमा माल सामान



काठमाडौं । छिमेकी मुलुक भारत र चीनको समुद्री बन्दरगाहबाट अब सिधै मालसामान बोकेका कन्टेनर काठमाडौं आउन बाटो खुलेको छ ।

काठमाडौं उपत्यकाको चोभारमा अवस्थित सुख्खा बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएसँगै व्यवसायीले अन्तर्राष्ट्रिय बन्दरगाहबाट सिधै काठमाडौंमै मालसामान ल्याउन पाउने भएका हुन् । अब स्वदेशी वस्तु निर्यात पनि यही बन्दरगाहबाट नै गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले गत १५ चैतमा विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुनेगरीसमेत गर्न सकिने तथा अन्य भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भइसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार बिन्दु परिवर्तन गर्न सकिने व्यवस्था गरिसकेको थियो ।

निर्माण सम्पन्न भएको आधा वर्षपछि सो राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुख्खा बन्दरगाह मंगलबारबाट औपचारिक सञ्चालनमा आएको हो । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ४२ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,