१७ माघ २०८२, शनिबार | January 31, 2026

अमेरिकाले उपलब्ध गराएको आपतकालीन प्रतिकार्य उपकरण तीन वटै सुरक्षा निकायलाई हस्तान्तरण



काठमाडौं । तीन वटै सुरक्षा अंगलाई आपतकालीन प्रतिकार्य एवं आगलागी नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उपकरण हस्तान्तरण गरेका हुन् । उपकरण नेपाल रेडक्रम सोसाइटीलाई पनि हस्तान्तरण गरिएको छ ।

यी उपकरण अमेरिकी सहायता नियोग युएसएआइडी र अमेरिकाको रक्षा मन्त्रालयले उपलब्ध गराएका हुन् । प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाका अनुसार १६ प्रकारका तालिम उपकरण हस्तान्तरण गरिएको हो ।

कार्यकारी प्रमुख पोखरेलले पछिल्ला बर्षमा नयाँ खालका विपद्का साथै पुराना विपद्का आयतन पनि विस्तार हुँदै गएको उल्लेख गर्दै यी उपकरण विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने तालिम संचालन गर्न सहयोगी हुने बताए ।

गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले विपद् जोखिम व्यवस्थापनमा काम गर्ने निकाय र सहयोग गर्ने निकायबीच प्राधिकरणले पुलको काम गरिरहेको उल्लेख गर्दै प्राधिकरण गठनको औचित्य प्रमाणित हुँदै गएको बताए ।

युएसएडका वातावरणसम्बन्धी उपनिर्देशक डेभिड म्यानले नेपालमा विपद् जोखिम न्यनूीकरणका लागि युएसएडले सहयोग गरिरहेको जानकारी दिँदै विपद्का घटना भइहाले त्यसको प्रतिकार्य गर्न तालिम आवश्यक पर्ने भएकोले यी उपकरण सहयोग गरेको बताए ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : १४ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले