१२ बैशाख २०८१, बुधबार | April 24, 2024

लुम्बिनी प्रदेशमा एकीकृत समाजवादी गठबन्धनबाट आउट !



बुटवल । उपलब्ध भएसम्म सत्तारूढ पाँच दलीय गठबन्धनका पाँचवटै दलको गठबन्धन सहित स्थानीय तहको निर्वाचनमा जाने काठमाडौंमा निर्णय गरिरहँदा लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी पार्टीलाई अलग गरेर गठबन्धन गर्न थालिएको तथ्य सार्वजनिक भएको छ ।

गठबन्धनकालागि बुधबार सार्वजनिक भएको लुम्बिनी प्रदेशस्तरिय संयुक्त विज्ञप्तिमा एकीकृत समाजवादी बाहेकका ४ दलले गठबन्धन गरेर जाने घोषणा गरेका छन् । बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको गठबन्धनको बैठकको निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा एकीकृत समाजवादीलाई गठबन्धनमा समावेश गरिएको छैन ।

बैठकमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमलगायतको उपस्थिती रहेपनि एकीकृत समाजवादीबाट उपस्थिती नरहेको बताइएको छ ।

बैठकबारे आफुहरुलाई कुनै पूर्व सूचना नआएका कारण अनुपस्थित रहेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईले बताए । ‘हामीलाई हेप्न थाले, हाम्रो कुनै सुनुवाई नभएपछि बैठकमा जानुको अर्थ देखेनौं ।’ उनले भने । एकीकृत समाजवादी एक्लै चुनावी तयारीमा लागेको समेत उनले बताए ।

उता सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले भने प्राबिधिक कारणले मात्र एकीकृत समाजवादीको अनुपस्थिती देखिएको दाबी गरे । ‘फोन गर्ने साथीले बैठक बस्ने समय र स्थान बुझाउन सक्नु भएनछ,’ उनले भने, ‘अर्को बैठकमा उहाँहरु पनि आउनु हुन्छ ।’

उक्त विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिएको र निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय समेत गरिएको छ।

बैठकमा तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने र मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने र स्थानीय पालिका र जिल्लाले गरेका सहमतिहरुलाई सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १० : ४९ बजे

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न

रुपन्देहीको मोर्डन स्कुलको वार्षिक उत्सव सम्पन्न

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडिङ्ग

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा