२६ असार २०८३, शुक्रबार | July 10, 2026

बारको अध्यक्षमा गठबन्धनका घिमिरेको अग्रता



काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् ।

हालसम्म ३३ केन्द्रको मतगणना गर्दा उनले दुई हजार २१५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार १२२ प्राप्त गरेका छन् ।

प्रमुख निर्वाचन अधिृकत तथा वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म ३३ केन्द्रको मतगणना सम्पन्न भएको छ । आजदेखि आठ स्थानमा मतगणना भइरहेको छ । हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गर्नुभएको समूहको अग्रता कायम छ । महासचिवमा अञ्जिता खनालले एक हजार ९५१ मत ल्याएकी छिन भने उनको प्रतिस्पर्धी केदारप्रसाद कोइरालाको मत एक हजार ३०० छ । कोषाध्यक्षमा भरतबहादुर राउतले दुई हजार १५१मत ल्याउनुभएकामा उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले एक हजार १७५ मत प्राप्त गरेका छन् ।

मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो । आज बिहान ९ बजेदेखि पुनः मतगणना भइरहेको छ । शुक्रबारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिए ।

बारको यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेकामा सात हजार ४२९ मत खसेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १ : ५८ बजे

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय

राष्ट्रपति पौडेलले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका

वर्षामा बिपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको