५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

प्रिन्स र रशिला च्याम्पियन



काठमाडौं । प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन् ।

पुरुष सिंगल्स फाइनलमा प्रिन्सले दीपेश धामीलाई २१-१५ र २१-१३ को सोझो सेटमा पराजित गरे । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा भएको महिला फाइनलमा रशिलाले निता लम्साललाई सीधा सेटमा २१-१३ र २१-१३ ले हराइन् ।

यु-१७ पुरुष सिंगल्स फाइनलमा क्षितिज खनालले विवेक चौधरीलाई २०-२२, २१-१० र २१-८ ले पाखा लगाउदै पहिलो भए । सो स्पर्धाको महिलामा रोज पाण्डे पहिलो बनिन् । रोजले फाइनलमा सानिया चन्दको चुनौती २१-७ र २१-९ ले पन्छाइन् ।

पुरुष डबल्स एक्सिक्युटिभ फाइनलमा विधान अधिकारी र विशाल खड्काको जोडीले प्रविन लिङतेब र सुरोज महर्जनको जोडीलाई ३१-२९ र २१-१६ ले पन्छ्याउदै शीर्ष स्थान हात पारे । मास्टर्स ४५ वर्षमाथि पुरुष डबल्समा विशाल हिराचन र शम्भु श्रेष्ठको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा पूर्णहरि होना र सञ्जय कपालीको जोडीलाई १७-२१, २२-२० र २१-११ को सेटमा हराए ।

बुद्धि चौधरी र कमल थापाको जोडीले पूर्णचन्द्र जोशी र उमेश केसीको जोडीलाई फाइनलमा २१-१५ र २१-१५ को सोझो सेटमा पाखा लगाउदै मास्टर्स ५५ वर्षमाथि च्याम्पियन बने ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : १० बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन