५ श्रावण २०८३, मंगलबार | July 21, 2026

टुँडिखेलमा शनिबारदेखि लोकदोहोरी महोत्सव, उपराष्ट्रपतिले उद्‌घाटन गर्ने



काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागिता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए । महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिने ढुंगानाले जानकारी दिए । त्यस्तै, द्वीतिय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा गायक-गायिकाहरु पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा अमृत खाती, मिनामैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डलसमेत रहने छ । निर्णायक मण्डलका अमृत खातीले प्रतिस्पर्धीहरुको मूल्यांकन हुने आधारका बारेमा जानकारी गराएका थिए । महोत्सवमा उत्कृष्ट गायक-गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ ।

महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको छ ।

टुबोर्गको प्रस्तुती रहेको महोत्सवमा मुख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने उद्देश्यका महोत्सव आयोजना गरिएको बताउँदै दर्शकलाई प्रवेश निस्शुल्क गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ३२ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत