२० भदौ २०८३, शनिबार | September 5, 2026

लोक दोहोरी प्रतिष्ठानद्वार ६ श्रष्टालाई सम्मान, लोक पत्रकारिता पुरस्कार खबरकुराकर्मी श्रेष्ठलाई प्रदान



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १६ औं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ६ जना स्रष्टालाई सम्मान गरेको छ ।

सो अवसरमा खबरकुराका सम्पादक पत्रकार दिनेश कुमार श्रेष्ठलाई लोक पत्रकारिता पुरस्कारबाट नगद राशीसहित सम्मान गरेको छ भने श्रेष्ठ आजिवन सदस्य पुरस्कारबाट प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खेम बहादुर हमाल, स्रष्टा सम्मानबाट दिला गाहा, बाध्यबादक मधु शाही, नव प्रतिभा पुरस्कारबाट निष्ठा पुन तथा संस्थागत योगदान पुरस्कारबाट गायक प्रचण्ड जि.सी.लाई समान्न गरिएको छ ।

साधारणसभाको उदघाटन सत्रलाई सम्बोधन गर्दै लायन्स क्लवका डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले लोक सँस्कृति राष्ट्रको पहिचान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । लोक सँस्कृतिको संरक्षणका लागि प्रतिष्ठानले गरेको योगदानप्रति आभार व्यक्त गर्दै उनले राज्यकोतर्फबाट यस क्षेत्रमा लगानी वृद्धि गरी श्रष्टाहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा कार्यक्रममा सम्मान्नित खेम हमालले लोक संस्कृतिको जगेर्नाले मात्रै मुलुको समृद्धि सफल हुने दाबी गरे ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले लोक सँस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनबाट मुलुकलाई आर्थिक समृद्धि प्रदान गर्न सकिने उल्लेख गरे । उनले रात्रीकालिन व्यवसायका रुपमा दोहोरी साँझहरुलाई अगाडि बढाउँदा कलाकारहरुले रोजगारी प्राप्त गर्नुका साथै राज्यको लोक संस्कृति संरक्षण हुने भएकाले बुटवमा रात्रीकालिन बजारका लागि होटल व्यवसाय संघले संघर्ष गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक गैरे, प्रतिष्ठानका केन्द्रीय महिला सचिव सिता राना, निवर्तमान केन्द्रीय सचिव प्रचण्ड जि.सी., केन्द्रीय सदस्यहरु पुरुषोत्तम भण्डारी, डिल्ली नारायण पाण्डे, प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष दिपु मगरलगायतले संस्थागत हित र स्रष्टाहरुको संरक्षणमा लोकदोहोरी प्रतिष्ठानले थप सक्रिय भएर लाग्न आग्रह गरेका थिए ।

प्रतिष्ठान रुपन्देहीका प्रथम उपाध्यक्ष रितु थापाको स्वागत, सचिव विधान कार्कीको सञ्चालन तथा अध्यक्ष विजय सापकोटाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  १२ : २२ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी