१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

कांग्रेस नेताको चेतावनी : माओवादीले भरतपुरमा नसघाए सोचे भन्दा फरक परिणाम आउनसक्छ



काठमाडौं । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा काँग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने चेतावनी दिएका छन् ।

गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेको भन्दै खनालले यसपटक काँग्रेसलाई नेतृत्वपमा सहयोग गर्न आग्रह गरेका छन् ।

सभापति खनालले समूह भित्रबाट निर्देशन गरेर कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको भन्दै त्यसबारेमा एकपटक सोच्न पनि पार्टीका नेताहरुलाई आग्रह गरेका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कार्यकर्ताहरुलाई केन्द्रबाट निर्देशित गर्न सकिने भएपनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने बताए ।उनले कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली काँग्रेस पार्टी नै धराशायी बन्ने जिकिर गरे ।

सभापति खनालले भने, ‘आकाश खस्यो भने के हुन्छ म भन्न सक्दिन । टिकट लिने र समूह भित्रबाट निर्देशन गरेर त्यसले कार्यकर्तालाई समात्ने कुरा राम्रो हो कि, कार्यकर्ताको मन जितेर निर्वाचन जित्ने कुरा ? कार्यकर्ताको लेभलमा रहेका मानिसहरुलाई केन्द्रीय नेतृत्वबाट निर्देशित गर्न सकिन्छ । तर मतदाताको हात समाएर मत हाल्न सकिँदैन । तसर्थ यो रिजल्ट भोलि त्यसपछिको हाम्रो सोच, हाम्रो दृष्टिकोण हाम्रो गठबन्धन कहाँ पुग्ने हो ? त्यसबारेमा नेताहरुले पुनः विचार गर्नुपर्छ ।’

खनाले नेपाली काँग्रेस पार्टीले भरतपुर महानगरपालिकाको प्रमुख नछोडने पनि बताउनु भयो । २०७४ सालको आफनो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब नेपाली काँग्रेसलाई माओवादीले तिर्नुपर्ने जिकिर गरे । उनले महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसको दाबी रहने र अन्य पदमा गठबन्धनबीचमा तालमेल गरेर जान सकिने बताए । यस बारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी गराएको पनि उनले जनाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनकै सांसद भएको र उनी चितवन जिल्लामा रहेका सबै राजनीतिक पार्टीको अभिभावक भएकोले पनि आफन्तवादलाई त्यागेर यस पटक काँग्रेसलाई महानगरको नेतृत्वमा सहयोग गर्न खनालले आग्रह गरे । सभापति खनालले अध्यक्ष प्रचण्डले गत निर्वाचनमा काँग्रेसले माओवादी केन्द्रलाई सहयोग गरेको र यस पटक काँग्रेसलाई सहयोग गरे गठबन्धन पनि बच्ने र संविधानको रक्षा पनि हुने बताए । उनले माओवादी केन्द्रलाई गत निर्वाचनमा काँग्रेसले सहयोग गरे पनि त्यसपछिका दिनहरुबाट काँग्रेस कार्यकर्ताहरु माअ‍ोवादीको गतिविधिका कारण दुःखी रहेको भन्दै यसपटक काँग्रेसलाई सहयोग गरेर नेपाली काँग्रेसका चिन्तित कार्यकर्ताहरुलाई खुशी बनाउने काम माओवादीले गर्नुपर्ने जिकिर गरे ।

सभापति खनालले नेपाली काँग्रेस चितवनले आफना कार्यकर्ताहरुको भविष्य सुरक्षित गर्न र नेपाली काँग्रेसलाई जीवन्त दिनको लागि तथा यस पटक महानगरको नेतृत्व लिन चाहेको पनि स्पष्ट पारे । उनले नेपाली काँग्रेसको केन्द्रीय समितिबाट गरिएको परिपत्रअनुसार नै आफू अगाडि बढने तर पार्टीले यस पटक भरतपुर महानगरपालिकाको मेयरमा दाबी नछोडने बताए । सभापति खनालले यस क्रममा चितवन नेपाली काँग्रेसका पदाधिकारीहरु पार्टी सभापति, वरिष्ठ नेता, पदाधिकारीहरुलाई भेटन काठमाडौं आएको बताए ।

सभापति खनालले चितवन महानगरपालिका क्षेत्रमा नेपाली काँग्रेसको ऐतिहासिक पृष्ठभूमि गर्विलो रहेको बताए । उनले विभिन्न आन्दोलनमा चितवनबाट नेपाली काँग्रेसले गरेको नेतृत्व काँग्रेसप्रतिको विश्वासले पनि महानगरमा काँग्रेसको छुटटै पहिचान रहेको दाबी गरे । सभापति खनालले नेपाली काँग्रेसलाई यसपटक मतदान गरेर नजिताए त्यसको मत परिणाम सोचेको भन्दा फरक आउनेतर्फ सचेत रहन पनि चेतावनी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ०९ बजे

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको