७ आश्विन २०८३, बुधबार | September 23, 2026

कुशल चालक : जसले बचाए ४० जनाको ज्यान



अर्घाखाँची । शुक्रबार बिहान करिब ११ बजेको थियो । पोखराबाट भ्रमणका लागि निस्किएको ग१ख ६८० नम्बरको बस २७ जना यात्रु बोकेर सन्धिखर्क नगरपालिका-२ भलायडाँडाको ओरालो झर्दै थियो ।

२३ गते पोखराबाट प्रस्थान गरेका यात्रुहरू बोकेर हिजो प्युठानमा रहेको ऐतिहासिक स्वर्गद्वारी मन्दिर दर्शन गरी आज सुपा देउराली मन्दिरमा पुग्ने अनि आजको रात यतै बिताएर भोलि पोखरा फर्कने योजनासहित सुरेश सुनारले बस हाँकिरहेका थिए । बसमा सवार थिए पोखरा साना किसान कृषि सहकारी संस्था बेगनासका सेयर सदस्यहरू ।

सन्धिखर्क पुग्न ५०० मिटर मात्रै बाँकी थियो । एक्कासि बसले नियन्त्रण गुमायो । ओरालोमा कुदिरहेको बसमा ब्रेकले काम नगरेपछि पोखरा-२७ निवासी चालक सुनारले अगाडि तेर्सोबाटो आउने विश्वासमा बसलाई नियन्त्रण बाहिर जान दिएनन् । दुईवटा मोड कटाएका सुनारले अगाडि ठाडो ओराले देखेपछि बसलाई भित्तामा ठोक्याए जसबाट ठूलो जनधनको क्षति हुनबाट बच्यो ।

‘अब ब्रेकले काम गर्दैन भन्ने पुष्टि भएपछि ओरालो बाटोमा मसँग धेरै विकल्प थिएन । अगाडि सजिलो बाटो आउने आसमा दुईवटा मोड त कटाएको थिएँ,’ सुनारले भने, ‘तर तेस्रो मोडपछि अगाडि झन् ठाडो ओरालो देखेपछि यात्रुहरूलाई बचाउन भित्तामा ठोक्याउनुको विकल्प देखिनँ ।’

चालकको कुशलताका कारण ठूलो क्षति हुनबाट बचेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार महेन्द्र भुसालले बताए । ‘ओरोलोमा ब्रेक फेल हुँदा निकै जनधनको क्षति हुनसक्थ्यो,’ भुसालले भने, ‘निकै कुशलताका साथ चालकले सुरक्षित अवतरण गर्नुभएछ ।’

चालकले बडो कुशलताका साथ आफूहरूलाई बचाएको सहकारीका सेयर सदस्य रुद्रनाथ तिवारीले बताए । ‘यदि चालकले आफूलाई नियन्त्रण नगरेको भए आज ठूलो क्षति हुने थियो,’ तिवारीले भने, ‘ठूलो खतराबाट बच्न सफल भइयो।’

गाडीमा सवार अधिकांश सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका दुईजनाको बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालले जानकारी दिएको छ । यद्यपि घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका सूचना अधिकारी निम रानाले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ६ : ३३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११