१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

सरकारद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

गर्भनर अधिकारीलाई लिनम्बन गरेपछि कार्यबहाकको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गभर्नर अधिकारीबारे अर्थमन्त्रीले प्रश्न उठाएका थिए ।गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो ।

मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ ।

गभर्नर अधिकारीको अर्थमन्त्री जनार्दन शर्मासँग सुरुदेखि नै राम्रो सम्बन्ध थिएन । शुक्रबार काठमाडौंमा आयोजित एक एक कार्यक्रममा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच आर्थिक संकटका विषयमा मतान्तर देखिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ३४ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का