१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

सरकारद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

गर्भनर अधिकारीलाई लिनम्बन गरेपछि कार्यबहाकको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गभर्नर अधिकारीबारे अर्थमन्त्रीले प्रश्न उठाएका थिए ।गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो ।

मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ ।

गभर्नर अधिकारीको अर्थमन्त्री जनार्दन शर्मासँग सुरुदेखि नै राम्रो सम्बन्ध थिएन । शुक्रबार काठमाडौंमा आयोजित एक एक कार्यक्रममा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच आर्थिक संकटका विषयमा मतान्तर देखिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ३४ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति