१२ बैशाख २०८१, बुधबार | April 25, 2024

माओवादीका नारायण दाहाल राष्ट्रियसभामा मनोनित



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छिन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रको बागमती प्रदेश इन्चार्ज रहेका दाहाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नजिकका भाइ हुन् । राष्ट्रियसभामा रिक्त राष्ट्रपतिद्वारा मनोनित हुने एक पदमा प्रचण्डले दाहाललाई सिफारिस गरेपछि सरकारले पनि राष्ट्रपतिलाई सोहीअनुसार सिफारिस गरेको थियो ।

यसअघि सो पदमा माओवादी कोटाबाटै वरिष्ठ अधिवक्ता रामनारायण विडारी रहेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ४८ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको