८ बैशाख २०८१, शनिबार | April 20, 2024

सभामुख सापकोटा र चिनियाँ जनसंसद्का सभामुखबीच छलफल



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनसंसद्को स्थायी समितिका अध्यक्ष (सभामुख) ली झान्सुबीच आज छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार शुक्रबार दुई स्पीकरबीच भर्चुअल माध्यमबाट छलफल भएको हो । छलफलका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो ।

दुवै देशका सांसदहरुको नियमित भ्रमण आदानप्रदान एवं अनुभव साटासाट गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो ।

सभामुख सापकोटाले चिनियाँ जनकंग्रेसका अध्यक्ष लीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । यस्तै चिनियाँ सभामुखले पनि सभामुख सापकोटालाई चीन भ्रमणका लागि आमन्त्रण गरेका छन् ।

छलफलमा सङ्घीय संसद् सचिवालयका अधिकारीसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ९ : ०० बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले