१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

सभामुख सापकोटा र चिनियाँ जनसंसद्का सभामुखबीच छलफल



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनसंसद्को स्थायी समितिका अध्यक्ष (सभामुख) ली झान्सुबीच आज छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार शुक्रबार दुई स्पीकरबीच भर्चुअल माध्यमबाट छलफल भएको हो । छलफलका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो ।

दुवै देशका सांसदहरुको नियमित भ्रमण आदानप्रदान एवं अनुभव साटासाट गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो ।

सभामुख सापकोटाले चिनियाँ जनकंग्रेसका अध्यक्ष लीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । यस्तै चिनियाँ सभामुखले पनि सभामुख सापकोटालाई चीन भ्रमणका लागि आमन्त्रण गरेका छन् ।

छलफलमा सङ्घीय संसद् सचिवालयका अधिकारीसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ९ : ०० बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति