६ पुस २०८२, आइतबार | December 21, 2025

भूमिहीनलाई भोट बैंकका रूपमा प्रयोग गरियो : मन्त्री सशी श्रेष्ठ



मकवानपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री सशी श्रेष्ठले भूमिहीन जनतालाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिएको बताएकी छिन् । मकवानपुरको बागमती गाउँपालिकामा आयोजित भूमिहीन, दलित, सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीनका समस्या सधैंका लागि समाधान गर्ने कसम खाएको बताएकी हुन् ।

संविधान निर्माणको क्रमदेखि नै यथास्थितिवादीले स्वीकार नगरेको बताउँदै उनले संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको बताइन् । ‘अहिलेको गठबन्धन सरकारले हकअधिकारको कार्यान्वयन गर्छ,’ उनले भनिन्, ‘दलित भूमिहीनलाई पूर्जा प्रदान गर्ने अहिलेको सरकारको उच्च प्राथमिकता छ ।’ ‘पहिलेको सरकार छँदा एक वर्षमा एक हजार भूमिहीनलाई पनि पूर्जा प्रदान गरेको थिएन,’ उनले भनिन् ‘वर्तमान सरकारले ४ महिनामा २० हजार भूमिहीनलाई पूर्जा प्रदान गरिसकेको छ ।’

बागमती गाउँपालिकाले दुई भूमिहीन दलित परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको छ । गाउँपालिका–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई पूर्जा वितरण गरिएको हो १ हजार ७ सय जनाले निवेदन दिएका थिए तर २ जनाले मात्रै पूर्जा पाएका हुन् ।

भुमिहीन दलितकालागि सार्वजनिक सूचना आह्वान गर्नु नपर्ने भएकाले तीन परिवारलाई पुर्जा दिन सम्भव भएको गाउँपालिकाले जनाएको छ । सर्वदलीय बैठक नै नबसी भूमिहीनलाई पूर्जा प्रदान गरिएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतानले असन्तुुष्टि जनाएकी छिन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : ४८ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम