२५ चैत्र २०८२, बुधबार | April 8, 2026

टेलिकमको डाटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० को भ्वाइस सेवाको ग्राहक आधार ५।५७ प्रतिशतले वृद्धि भई दुई करोड ११ लाख पुगेको छ । चालु आर्थिक वर्षमा कम्पनीकोे राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४।२४ प्रतिशतले वृद्धि भएको छ ।

साथै कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५।३१ प्रतिशतले वृद्धि भई दुई करोड तीन लाख ९७ हजार पुगेको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीले कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५।१४ प्रतिशतले वृद्धि भई ५३।८२ प्रतिशत पुगेको र त्यसरी भ्वाइस र डाटा दुवै सेवामा कम्पनी नेपालको अग्रणी संस्थाको रूपमा स्थापित हुन सफल भएको जानकारी दिए ।

प्रविधिमा भएको विकास र परिवर्तनसँगै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको छ । बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रवद्र्धनका लागि प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा समेत कूल राजस्व र खुद नाफा क्रमशः रु ४२ अर्ब २१ करोड र रु सात अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको उनले बताए ।

प्रविधिको विकास, ग्राहकको आवश्यकता, आर्थिक–सामाजिक क्रियाकलापमा सूचना प्रविधिको अपरिहार्यता जस्ता पक्षको विश्लेषण र मूल्याङ्कन गरी कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष बनाई मुलुकभर ७७ जिल्लाका ७२० भन्दा बढी स्थानीय निकायमा फोरजी एलटिइ सेवा उपलब्ध गराइसकेको र बाँकी स्थानमा छिट्टै यो सेवा विस्तार गर्ने गरी काम भइरहेको उनले उल्लेख गरे । सोलुखुम्बुको तीन हजार १३० मिटर उचाइमा रहेका विकट ताक्सिन्दु एवं जुभु र ओखलढुङ्गाको विकट सेर्नाजस्ता अत्यन्त दुर्गमस्थानमा मोबाइल सेवा आरम्भ गरिएको छ ।

कम्पनीले भ्वाइस सेवालाई डाटा सेवाले प्रतिस्थापन गर्दै लगेकाले डाटाको माग पूर्तिका लागि भ्यालु एडेड सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ । डिजिटल अर्थतन्त्र विकास र विस्तार गर्न सहयोग गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोबाइलमा आधारित वित्तीय सेवा उपलब्ध गराउन नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना भई सेवा सुरु भइसकेको प्रवक्ता अधिकारीको भनाइ छ ।
–––

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : ३९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

युद्धविराम सहमतिकाबीच खाडीमा आक्रमण जारी

एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी