१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

अटेरी उम्मेदवारको घोषणापत्र सार्वजनिक : ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’



पोखरा । पोखराबाट सुरु भएको अटेरी अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनमा मेयरदेखि वडाध्यक्षसम्मले आफ्नो दाबी पेस गरेका छन् । उनीहरूले शनिबार एक कार्यक्रमका बीच पोखराको घोषणापत्र सार्वजनिक गरे । ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ नाराका साथ आउँदो ५ वर्षमा गर्ने काम सहितको अग्रिम घोषणा गरिएको हो ।

पोखरामा मेयर सहित १५ जनाले वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । यसबाहेक देशका विभिन्न पालिकाहरूमा पनि उम्मेदवारी दिने तयारीमा छन् । घोषणापत्र सार्वजनिक गरेपछि पोखराको मेयरमा उम्मेदवारी घोषणा गरेका गनेश पौडेलले दलका विचार बाहिरबाट पनि राजनीति गर्न सकिने बताए ।

‘जसरी धार्मिक नभई आध्यात्मिक हुन सक्नु हुन्छ । त्यसरी नै राजनीतिक दर्शन विना राजनीति गर्न सकिन्छ,’ उनले भने, ‘हामीले पनि केही खास गरेको होइन । अटेर गरेको हो ।’ उनले चुनावी प्रचारका लागि जनस्तरमा पुग्दा आफूहरूले गाली खानुपरेको सुनाए ।

‘हाम्रो साथीहरूले अस्वाभाविक र अनावश्यक रूपमा जनताको गाली खाइरहेका छन् । ५ वर्षसम्म बाटोको खाल्डो नदेख्ने, अस्पतालको बिजोग नदेख्ने, बिग्रिएको स्कुल नदेख्ने, अहिले भोट माग्न आउने भनेर गाली गर्नुभएको छ,’ उनले भने, ‘जनताको नजरमा चुनावमा उठ्ने हरेक व्यक्ति खराब भइसके । गल्ती एउटाले गरेको छ, सजाएँ अर्कोले भोग्नुपरेको छ । तर यो पटक जनताले गल्ती गर्ने छुट्याउने छन् ।’

घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुन देशका विभिन्न ठाउँबाट अटेरी उम्मेदवारहरू पोखरामा भेला भएका छन् । सिद्धार्थ नगर नगरपालिकाको प्रमुखमा दाबी गरेकी ईसा खड्काले सचेत नागरिकको भूमिका आफूहरूले पूरा गरेको बताइन् । नागरिकहरूले कहिल्यै गल्ती नगरे पनि सजाएँ भोग्नुपरेको र नैतिक हुँदाहुँदै व्यवस्थाले नै अनैतिक बन्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको उनको आरोप छ ।

सबै दाबेदारहरूले आफूले उम्मेदवारी घोषणा गरेपछि राजनीतिक पार्टीहरूले फिर्ता लिन दबाब दिइरहेका अनुभव सुनाए । ‘मैले उम्मेदवारी घोषणा गरी सकेपछि उम्मेदवारी फिर्ता लिन विभिन्न प्रलोभनहरू आए,’ उनी भन्छिन्, ‘उम्मेदवारी फिर्ता लेऊ समेत भन्नु भयो । तर म अटेर गर्छु ।’ अभियान्ताहरूले राजनीतिक दलको ढोङी नबन्न नागसयकहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : २० बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति