१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको सानदार जित



काठमाडौं । एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ ।

एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन गोर्डेनले २७ औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८ औं स्थानको बर्न्लीसँगको अंक दुरी चार अंक पुर्याएको छ ।

यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ । सातौं स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ५१ अंक जोडेको छ । जुन चौथो स्थानको टोटनहम भन्दा छ अंक कम हो ।

आइतबार भएको अर्को खेलमा आर्सनल पराजित हुँदा टोटनहम भने चौथो स्थानमा उक्लियो । टोटनहमले एस्टन भिल्लालाई ४-० को अन्तरमा हरायो । टोटनहमको जितमा ह्युन मीन सनले ह्याटि्रक गरे । यस्तै डेजान कुलुसेभस्कीले एक गोल गरे ।

जितसंगै टोटनहम ३१ खेलबाट ५७ अंक बनाउदै चौथो स्थानमा उक्लिएको छ । अर्को खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक एक गोल गरे ।

जितसंगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ । अर्को खेलमा आर्सनल ब्राइटनसंग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भयो भने लिड्स युनाइटेडले वाटफोर्डलाई ३-० अन्तरले हरायो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ४६ बजे

‘असंवैधानिक र असंवेदनशील’ ढंगले सुकुम्बासी बस्ती हटाउने कार्यप्रति विपक्षी दलहरूको कडा आपत्ति

काठमाडौं। विपक्षी दलहरूले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारको कार्यलाई

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको