१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

स्थानीय तह निर्वाचन : तिलोत्तमा नगरपालिकामा यी हुन् मेयर आकांक्षी



बुटवल । गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरका लागि मोहन चापागाईंले टिकट पाइसकेका थिए । पार्टीभित्र त्यतिबेला दुई खेमा रहेका कारण नेता घनश्याम भुसालले चापागाईंलाई उम्मेद्‌वार बनाउने पार्टीको निर्णय फिर्ता गराए र उनैको योजनामा वासुदेव घिमिरेले मेयरको टिकट पाए र चुनाव जिते । दुवैजना अहिले पार्टीमा विष्णु पौडेल निकट मानिन्छन् ।

एमाले जिल्ला कमिटीले चापागाईंको पक्षमा त्यतिबेला सर्वसम्मत निर्णय गरेको थियो । अहिले पार्टीले आफूलाई न्याय गर्ने लक्ष्यका साथ चापागाईं टोलटोलमा चुनावी माहौल बनाउन सक्रिय छन् ।

त्यसो त विगतमा चापागाईंले हात पारेको टिकट फुस्काउन सफल भएका हालका मेयर वासुदेव घिमिरेको चाहना पनि मेयरमा दोहोरिने छ । तर, उनले संघीय सांसदको टिकट पाउने ग्यारेन्टी भए मेयरको दावी छाड्ने चर्चा कार्यकर्तापंक्तिमा छ । पार्टीभित्रको आन्तरिक समिकरणमा घनश्याम भुसाल पुनः चुनाव लड्न आए प्रतिनिधिसभा निर्वाचनमा घिमिरेले छाडिदिनुपर्ने हुन सक्छ । त्यसो त नेपालमै विकास प्रेमी मेयरकारुपमा पहिचान बनाएका बासुदेव नै तिलोत्तमाका लागि योग्य उम्मेदवार हुन् भन्नेहरुको पनि कमी छैन । घिमिरेले सुरु गरेका विभिन्न विकासे कार्यक्रमहरुलाई पूर्णता दिन पनि घिमिरेलाई उम्मेदवार बनाउनु पर्ने उनी निकट एमाले कार्यकर्ताहरुको तर्क छ ।

अर्कोतर्फ सत्तारुढ गठबन्धनबाट भने चारजनाले मेयरको दावी गरिरहेका छन् । अघिल्लो निर्वाचनमा पराजय व्यहोरेका कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका गुणनिधि भण्डारी (माधव) र तिलोत्तमा वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले मेयरको दावी गरिरहेका छन् । कांग्रेसबाट रोमणिप्रसाद पाठकको पनि चर्चा छ । तर, उनी अस्वस्थ रहेकाले सम्भावना कम रहेको अधिकांश कार्यकर्ता बताउँछन् । रोमणीले टिकट स्विकार गरेमा तिलोत्तमाका लागि उनी बलिया उम्मेदवार बन्न सक्ने स्वतन्त्र विश्लेषकहरुको आँकलन छ ।

विरासत कायमै राख्ने दाउमा एमाले

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाईं २०४६ सालको जनआन्दोलनमा यस क्षेत्रबाट विद्यार्थी संगठनको नेतृत्व गरेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको अगुवाइ गरे उनी राजनीति, पत्रकारितासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

उनी विष्णु पौडेल सहित एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलका पनि प्यारो मान्छ बन्न सफल रहेकाले चापागाईको पल्ला भारी रहेको समेत एमाले भित्र चर्चा रहेको छ । केपी ओली र शंकर पोखरेल निकट भएक्र कारण एमाले भित्र अर्को गुट प्रति असहिष्णु बन्ने गरेको चापागाईमाथि आरोप रहँदै आएको छ ।

त्यस्तै का‌ंग्रेस नेता रामकृष्ण खाँण अघिल्लो निर्वाचनमा मेयरमा पराजित नेता हुन् । जनमुक्ति पार्टीसँग तालमेल गरेर चुनाव लड्दा पनि उनी पराजित भएका थिए । यसपटकको निर्वाचनमा पनि उनी लड्ने चर्चा छ, यद्यपि उनी सक्रिय ढंगले अझै लागिसकेका छैनन् । जिल्ला सभापतिको जिम्मेवारी समेत खाणको जिम्मामा रहेकाले अरुलाई चुनाव लडाएर पार्टीको कमाण्ड सम्हाल्छन् वा आफै अगाडि सर्छन त्यो अझै खुल्न सकेको छैन ।

त्यस्तै कांग्रेसबाट गुणनिधि भण्डारी (माधव) र नारायण न्यौपानेले पनि मेयरका लागि दावी गरिरहेका छन् । का‌ंग्रेसबाट मेयरको दावी गरिरहेकाहरूले अहिले एमालेको विरासत तोड्ने दाउमा छन् । मेयरको दावी गरिरहेका भण्डारी भन्छन्, ‘अघिल्लो पटक मलाई अर्को निर्वाचनमा टिकट दिने भनेर आश्वासन दिइएको थियो, त्यसअनुसार आश्वासन पूरा हुने कुरामा म विश्वस्त छु ।’ उता, न्यौपानेले पनि मेयरका लागि आफूले तयारी गरिरहेको प्रतिक्रिया दिए ।

अरु आकांक्षी

हाल नगरमा उपप्रमुख जगेश्वरदेवी चौधरीले पनि आकांक्षा राखेकी छन् भने एमालेबाट २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरका लागि आकांक्षा राखेका यज्ञ गैरे अहिले प्रतिष्पर्धामा पछाडि छन् । पार्टी जिल्ला कमिटी सचिव रहेका गैरेको चाहना पनि मेयरमा उठ्ने रहेपनि कार्यकर्तापंक्तिमा उनको चर्चा भने कम मात्रै हुने गरेको छ । उनी सोह्र–छत्तीस संयुक्त सिंचाई प्रणालीका सभापति छन् ।

तिलोत्तमा जनमुक्ति पार्टीको पनि राम्रो पकड भएको क्षेत्र हो । उसको मत निर्वाचनमा निर्णायक बन्न सक्ने देखिन्छ । सत्ता गठबन्धन र एमाले जनमुक्तिलाई आफूतिर तान्ने प्रयासमा पनि लागेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १२ : २४ बजे

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा