८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवलको जेठो नेवाः संस्था नेवाः पुचले मनायो २३ औ वार्षिकोत्सव



बुटवल । नेवाः पुच नेवा सेवा समिति रुपन्देहीको २३ औं बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाईएको छ । बुटवल स्थित पुच:को कार्यालयमा आयोजित बार्षिक उत्सव कार्यक्रममा क्यालेण्डर बिमोचन तथा भवन निर्माणका दाताहरुलाई सम्मान गरिएको छ ।

वार्षिक उत्सव कार्यक्रममो बोल्ने वक्ताहरु नेवाः पुचले नेवारी भाषा, संस्कृतिको सम्बर्धन संगै सामाजिक क्षेत्रमा पनि सहभागीता जनाएको बताए । उनीहरुले संस्कृति बचाउनका लागि भाषाको महत्व रहने उल्लेख गद्रै जानी नजानी मातृभाषा बोल्न छाड्न नहुनेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आदीबासी जनजाती मंहासंघ रुपन्देखिका अध्यक्ष शंकर गाहा मगरले देशको प्रधानमन्त्री भइसकेका व्यक्ति एमाले अध्यक्षले शहिद लखन थापालाई अपमान गरेर देशभरीका आदीवासी जनजातीको मन दु्खाएको गुनासो गरे । उनले राज्यमा बसेकाहरुले आदीबासी जनजातीलाई सधैं हेला गर्ने गरेको समेत बताए ।

इतिहासकार विमलबहादुर शाक्यले समुदाय र जातीको संस्कृति बचाउन भाषाको ठूलो महत्व रहने बताउँदै जतिआउँछ त्यती मात्र भएपनि मातृभाषा बोल्न समुदायलाई आग्रह गरे । उनले बोल्न लाज मानेकै कारण भाषा लोप हुने अवस्थामा पुगेको भन्दै उनले आमाहरुले भाषा सिक्नै पर्ने बताए ।

पुचका अध्यक्ष काजिमान श्रेष्ठले जिम्मेवारीमा बस्नेहरुले समुदायबाट पाएको जिम्मेवारी पुरा गर्नु पर्ने बताए । पदीय जिम्मेवारी लिएपछि सक्रिय भएर काम गर्न पदाधिकारीहरुलाई उनले आग्रह गरे ।

कार्यक्रममा सम्दायबाट लायन्स क्लवमा डिस्ट्रिक बी टु को उच्च पदमा पुग्न सफल भएको भन्दै लायन अजुनमान सैजुलाई सम्मान गरिएको थियो । नेवा पुचको भवन बनाउन आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत वार्षिक उत्सवको अवसरमा सम्मान गरिएको थियो ।

बुटवल र यस आसपासका क्षेत्रमा रहेको नेवार समुदायलाई संगठीत गर्ने उद्देश्यले २०५६ साल चैत्र २७ गते दिन नेवाः पुचको गठन भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : ०७ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु