२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

आइपीएल : राजस्थान र दिल्लीको जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् ।

राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो ।

लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे ।

राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो ।

राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए । देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे ।

जितसंगै राजस्थान ४ खेलमा ३ जित र १ हार सहित ६ अंक जोड्दै शीर्ष स्थानमा छ लखनउ ५ खेलमा ३ जित दुई हार सहित पाचौं स्थानमा छ ।

यस्तै अर्को खेलमा दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ ।

दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै १७१ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका कप्तान श्रेयस एयरले सर्वाधिक ५४ रन बनाए । दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको विशाल योगफल बनायो ।

दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६१ रन बनाउदा पृथ्वी शले ५१ रनको योगदान गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ४३ बजे

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय