६ पुस २०८२, आइतबार | December 21, 2025

ओलीका पालामा ‘भ्रष्टाचार’ भएको भन्दै कांग्रेसले वितरण गर्‍यो गाउँगाउँमा पुस्तिका



काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँगाउँमा पुर्‍याएको छ ।

‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत धेरै जसो जिल्लामा पुस्तिका नै बनाएर एमाले सरकारको पालामा भ्रष्टचार भएको भन्दै पुस्तिका बनाएर गाउँ पुर्‍याएको हो ।

‘विपक्षी दलहरूले केन्द्रदेखि स्थानीय सरकार सञ्चालन गर्दा भएका आर्थिक एवम् प्रशासनिक अनियमितताका विषय र खासगरी एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गर्दा भएका सेक्युरिटी प्रेस काण्ड, यती काण्ड, ओम्नी काण्ड, कोरोनाको खोप खरिदमा कमिसनका खोप आउन नसकेको कुरा, कोरोनाकालमा विदेशबाट अलपत्र श्रमिक उद्धारको चार्टर उडानमा गरिएको भ्रष्टाचारजस्ता अनियमितता जनताबीचमा उजागर भएका छन्,’ सो अभियानका बारेमा कांग्रेसले भनेको छ, ‘कतिपय जिल्लामा नेपाली कांग्रेसका सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण भएको छ ।’

सो अभियान अन्तर्गत तत्कालीन प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरी दुई–दुई पटक गर्नुभएको प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेपछि संविधान बचाउन कांग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन यो अभियान सफल भएको कांग्रेसको निष्कर्ष छ ।

एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न सो अभियान सफल भएको पनि कांग्रेसको दावी छ । ‘हाम्रो आफ्नो माग अनुरुप अमेरिकाले ५०० मिलियन डलर (६० अर्ब रुपैया भन्दाबढी)को उदार आर्थिक अनुदानलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा संसदबाट पारित गरिएकोले नेपालको अन्तर्राष्ट्रिय साख पनि अभिबृद्धि गरेको छ’ कांग्रेसको निष्कर्ष छ, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको मित्रराष्ट्र भारतको भ्रमण र मित्र राष्ट्र चीनका विदेशमन्त्री याङ् यीको हालै सम्पन्न नेपाल भ्रमणले नेपालको परराष्ट्र सम्बन्धलाई थप उचाई दिएका छन्, नेपालको अन्तर्राष्ट्रिय साःख अभिबृद्धि भएको छ ।’

कांग्रेसको सो अभियानका गत २९ फागुनवाट सुरु गरेर चैत २९ गते समापन भएको थियो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार ६ हजार ७ सय ४३ वटा वडामा नै कांग्रेसका नेताहरू पुगेर पार्टीको पक्षमा माहौल सिर्जना गराउन सफल भएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ४३ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको