२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रेस चौतारीका अध्यक्षले आफ्नै विचार समुहका नेता नचिनेपछि….



काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले बजार तातो बनाइदिएको छ । अध्यक्ष बस्नेतले सत्ता गठबन्धनको नेताहरुलाई चुच्चे नक्सा बिरोधी गठबन्धनको संज्ञा दिंदै पोष्ट गरेको फोटोमा उनी आबद्ध पार्टी एमाले उपाअध्यक्ष सुवास नेम्वाङ पनि कैद भएपछि फोटोले चर्चा पाएको हो ।

बस्नेतले नेपालकालागि भारतीय राजदूत विनय मोहन क्‍वात्राको बिदाईका लागि राजदूतावासले आयोजना गरेको रात्री भोजमा उपस्थित रहेका सत्ता गठबन्धनको नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै आशीर्वाद थाप्न भारतीय दूतावासमा पुगेको टिप्पणी समेत गरेका छन् । उनले ती नेताहरुलाई चुच्चे नक्साविरोधी गठबन्धनको संज्ञा दिंदै टिप्पणी गरेको फोटोमा एमाले उपाध्यक्ष नेम्वाङको पनि उपस्थिती रहेको छ ।

बस्नेतको पोष्टमा प्रतिक्रिया व्यक्त गर्ने धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेम्वाङलाई पनि सत्ता गठबन्धनमा सामेल गराईएको भन्दै टिप्पणी समेत गरेका छन् ।

बस्नेतले आशिर्वाद थाप्न राजदूतावास पुगेको टिप्पणी गरेको रात्री भोजमा एमाले उपाध्यक्ष त्रय नेम्वाङ, सरेन्द्र पाण्डे र विष्णु पौडेल पनि सहभागी रहेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ९ : २८ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका