६ पुस २०८२, आइतबार | December 21, 2025

कास्की कांग्रेसका नेताहरूलाई देउवाले भने- गठबन्धनमा पोखरा महानगरबारे छलफल नै भएको छैन



पोखरा । नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् ।

भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद कांग्रेसले पाउनुपर्ने बताए । सहमहामन्त्री जीवन परियारले पोखरा अहिले कांग्रेसको अनुकुलमा रहेको रिपोर्टिङ गरेका छन् । तर, अर्काथरिले भने मेयर समाजवादीलाई दिन सकिने रिपोर्टिङ पनि गरेको श्रोतले बतायो । विशेषगरी व्यापारिक घरानाले यस्तो छलफल गरेका हुन् ।

भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रतिक्रिया दिएका थिए । ‘कुरा नै भएको छैन । छलफल भएकै छैन । बाहिरको कुरामा विश्वास नगर्नुस्,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तपाईंहरू अरुको कुरा सुनेर धारणा बनाउनुहुन्छ । समाचारमा सत्यता छैन ।’

उनले पोखरामा एक्लै चुनाव जित्ने आधार खोजेका थिए । ‘गठबन्धन नगर्ने भन्नुहुन्छ । एक्लै चुनाव जित्ने आधार के छ रु पहिले एक्लै चुनाव लडेको होइन रु के हालत भयो रु,’ देउवाले अघि भने, ‘गठबन्धन गर्नुपर्छ । हामीले मेयर पाउँदा को हो उम्मेद्‌वार रु सहमतिबाट टुंग्याउन सक्नुहुन्छ रु’ देउवा भेट्न गएका टोलीमध्ये अधिकांशले आफैँले टिकट पाउनुपर्ने आन्तरिक लविङसमेत गरेका थिए । बाहिर भने एकीकृत समाजवालीले मेयरको टिकट पाउने चर्चा चलेको छ । त्यसमा कुनै सत्यता नरहेको देउवाले बताएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ४ : ५५ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको