३० भदौ २०८३, मंगलबार | September 15, 2026

अर्थमन्त्री शर्मा भन्छन्( खेलकुद क्षेत्रले खुसी मनाउने गरी नयाँ कार्यक्रम आउछ



काठमाडौं । आगामी आर्थिक वर्ष ०७९-८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि सुझाव लिएको बताए । ‘सबैले राम्रो सुझाव दिनुभएको छ । यी सबै बिषय समेट्ने मन छ तर साधन, स्रोतले नभ्याउला कि भन्ने लाग्छ,’ उनले भने, ‘यद्यपि, खेलकुद क्षेत्रले खुसी मनाउने गरी केही नयाँ कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ ।’

उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए । छिटो प्रतिफल दिने [पुरस्कार जित्ने संभावना उच्च भएका खेलहरुका लागि ] पूर्वाधार निर्माणका योजना बनाएर अगाडि बढाउनुपर्ने उनले बताए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८,२९ र ३० जेठमा आयोजना गर्ने निर्णय गरेको र सो प्रतियोगिता भव्य रुपमा आयोजना गर्न बजेटको कुनै समस्या हुन नदिने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ११ : २३ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको