२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

चलचित्र सुपर सिक्स (६) को बुटवलमा शुभमुहर्त



बुटवल । सिद्वबाबा मुभी मेकरको ब्यानरमा निर्माण हुने चलचित्र सुपर सिक्स (६) को शुभमुहर्त बुटवलमा भएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा चलचित्र बुटवलमा शुभमुहर्त गरिएको हो । लिजेन्ट फिलिम्स प्रालिको पोस्ट प्रोडक्सनमा निर्माण हुन लागेको चलचित्रको निर्देशक लय सग्रौलाले गर्नेछन ।

तेस्रोलिङ्गी समुदायका व्यक्तिको कथामा आधारित चलचित्र निर्माण गर्न लागेको छ । चलचित्रको निर्माता राम प्रसाद उपाध्य्याय र टीका राना रहेको निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गरि राजधानी बाहिरबाट निर्माण गर्न लागेको जानकारी गराएको हो ।

चलचित्रको सह निर्मातामा प्रेम श्रेष्ठ र निलकण्ठ चालिसे छन भने चलचित्रको सह निर्देशक (कथा लेखन) प्रेम गुरुङ रहेका छन ।

सर्ट मुभी, म्युजिक भिडियोहरुको अनुभव संगालेको बताउदै ६० लाखको बजेटमा निर्माण हुन लागेको गुरुङले जानकारी दिए । बैशाख ३ गतेदेखी नै सुटिङ शुरु हुने चलचित्रको मुख्य कलाकारहरु नायक प्रेम गुरुङ, नायिका संगिता केसि र हेमा मगर रहेका छन ।

चलचित्र बुटवल, भैरहवा, पोखरा र पाल्पामा सुटिङ हुनेछ भने सुटिङ १ महिनामा सकिनेछ । यम रानाको छायांकन रहने चलचित्रको द्वन्द सह निर्देशन गोपाल परियार रहेका छन ।

चलचित्रमा कलाकारहरु बिनय उदय, जितेन्द राना, अरुण प्रधान, हेमा मगर, तारा थापा, बाल कलाकार नीति चालिसे लगायतको अभिनय देख्न सकिनेछ कलाकार दिपु मगरले जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा आफ्नो अनुभव सुनाउदै माराङ फ्लिम निर्माता एव ग्रील व्यवसायी समिति रुपन्देही अध्यक्ष तुलजी सारुले निर्माणमा बाधा भएपनी सहज रुपमा चलचित्र निमार्ण गर्न सुझाव दिदै आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १ : ३० बजे

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

आजको मौसम : दिनभर साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय