३ पुस २०८२, बिहिबार | December 19, 2025

काठमाडौं उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार



काठमाडौं । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा काठमाडौंको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौं र प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई सहयोग माग्दै हिड्ने ३३ बालक र २२ बालिका रहेका छन् ।

उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : २५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको