२१ भदौ २०८३, आइतबार | September 6, 2026

एमाले अध्यक्ष ओली आज हुम्ला आउदै



सिमकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न आउदैछन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।

जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा प्रस्थान हुन र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थाई कमिटि सदस्य गोरख बहादुर बोगटिले बताए ।

लिमीका वासिन्दासँग भेटेपछि नेपाल र चीनको सीमाना नाम्खा गाउपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

ओलीले जिल्ला दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : ४७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका