२१ भदौ २०८३, आइतबार | September 6, 2026

अमेरिकी अध्यागमन कानून जान्न चाहनेले पढ्नैपर्ने पुस्तक – किशोरको ‘जिरो माइल’



काठमाडौं । अमेरिकी अध्यागमनका विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘जिरो माइल’को शनिवार लोकापर्ण भएको छ ।
पुस्तक ‘जिरो माइल’मा अमेरिकामा आप्रवासी र गैर आप्रवासी भिसामा आउन चाहनेहरु र अमेरिका आइसकेकाहरुका लागि मात्र नभई अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि समेत जानकारीहरु समेटिएको छ ।

खसोखास डट कमका प्रधानसम्पादक तथा लेखक किशोर पन्थीद्वारा लेखिएको पुस्तक ‘जिरो माइल’को उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले शनिबार लोकार्पण गरेकी छिन् । पुस्तक लोकार्पणपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन, ‘देशको वास्तविकता नबुझ्न नसकेका कारण, कतै रुखमै डलर फल्छ कि ? भन्ने लाग्छ होला, खासमा अमेरिकामा भौतिक पूर्वाधारको विकास र विधिबाट चल्ने कुराको लागि हो, तर हाम्रो देश कम छैन र होइन । हामीले लामो समय राजनीतिक व्यावस्था परिवर्तनमै लागेका कारण भने जस्तो पूर्वाधरको विकास गर्न सकेका छैनौँ ।’

पुस्तकका लेखक पत्रकार पन्थीले अमेरिकाको अध्यागमन कानूनको बारेमा सही जानकारी नहुँदा कैयौँ व्यक्तिले समस्या भोग्नु परेको र कैयौँ व्यक्ति दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने बताए । पन्थीले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्ने लेखक विश्वास व्यक्त गरे ।

पुस्तकमा अध्यागमनबारे मात्र नभई आप्रवासीहरुले ध्यान दिनुपर्ने अन्य विषयहरुमा समेत टिप्सहरु रहेका छन् । अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गरेको हुँदा पाठकलाई बुझ्न निकै सजिलो रहेकोे लेखक पन्थीले बताए । पुस्तकमा लेखिएका टिप्सहरु जानकारीको लागि मात्र भएको बताउँदै लेखक पन्थीले भने, ‘आफ्नो आवेदन वा मुद्दाबारे कानूनी सल्लाहका लागि कानून व्यवसायीलाई सम्पर्क गर्नु पर्दछ ।’ अमेरिका विश्वभरका आप्रवासीहरुको आकर्षक गन्तव्य रहेकाले जिरो माइलका रुपमा रहेको र अमेरिकाबाट आप्रपवासीहरुको नयाँ यात्रा समेत सुरु हुने भएकाले पनि जिरो माइलका रुपमा रहेकाले पुस्तकको नाम जिरो माइल राखिएको उनले बताए ।

पत्रकार पन्थीको यो दोश्रो पुस्तक हो । यसअघि पन्थीको पहिलो पुस्तक ‘कम्पन’ बजारमा आईसकेको छ ।

गुल्मी जिल्लामा जन्मिएका किशोर पन्थी १२ बर्षदेखि न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आएका छ । उनी १० वर्षदेखि न्युयोर्कबाट प्रकाशन हुने खसोखासका प्रधानसम्पादक हुन् । अध्यागमन, सामाजिक र राजनीतिक विषयमा कलम चलाउने पन्थीसँग नेपालमा टेलिभिजन, एफएम रेडियो र पत्रपत्रिकामा काम गरेको अनुभव छ । उनी अमेरिकामा अंग्रेजी सञ्चार माध्यममा पनि कलम चलाउँदै आएका छन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ पीएचडीबाट सम्मानित पत्रकार पन्थीले अमेरिकी राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षरित प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्राप्त गरेका छन् ।

२८२ पृष्ठको पन्थीको पुस्तक जिरो माइल नमस्ते इन्टरनेशल मिडिया गु्रप प्राइभेट लिमिटेडले प्रकाशित गरेको छ । पुस्तकको मूल्य नेपालमा ५ सय रुपैया र अमेरिकामा २० डलर रहेको छ । पुस्तक लेखकले आफ्ना स्वर्गीय भान्जा आषिस खनालप्रति समर्पित गरेका छन् ।

खसोखासकर्मी समेत रहेका खनालको गत मार्च २ मा २६ वर्षको उमेरमा असमायिक निधन भएको थियो । पुस्तक विमोचनकै सन्दर्भ पारेर खनालको स्मृतिमा स्थापित आषिस फाउण्डेशनको शुभारम्भ समेत गरिएको छ । फाउण्डेशनले शिक्षा, स्वास्थ्य, संचार लगायतका क्षेत्रमा सामाजिक कार्य गर्ने बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : २६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका