६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले सरकार हुँदाको विकास देखेर विपक्षी अत्तालिए : केपी ओली



सिमकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास बिरोधी अत्तालिएर सरकार ढालेको आरोप लगाएका छन् ।

आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरु सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन् ।

जनताबाट होइन अदातलबाट सरकार ढालेको ओलीको आरोप थियो । जनताले एमालेलाई माया गरेको भएपनि दुनियामा कही नभएको नेपालमा भएको उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको ओलीको दाबी छ । कर्णाली करिडोरले तिब्रता पाउनुका साथै यसको स्तर वृद्धिमा जोड दिनुपर्ने ओलीको भनाइ थियो । खरका छाना विस्थापीत हुनुका साथै, जनता आवास कार्यक्रम मार्फत गरीब दुखिले घर पाएको उनले दाबी गरे ।

निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर गठबन्धन गरेपनि एमालेलाई असर नगर्ने बताउँदै ओलीले नेपाली कांग्रेस बैशाखी टेकेर हिड्ने अवस्थामा पुगेको आरोप लगाए । कांग्रेसको अहिलेको अवस्था देखेर माया लागेर आएको ओलीको भनाई छ ।

‘२०१५ सालमा कांग्रेस दुई तिहाईमा थियो २०४८ सालमा बहुमतमा आयो, अलि पछि आएर आफैं हिँड्न मुस्किल भएर लौरो टेक्ने हातलमा पुग्यो, अहिले लौरो टेक्ने होइन् माओवादी केन्द्र र माकुने गुटको बैशाखी टेक्ने अवस्था आएको छ । कांग्रेसले भोट के मा हाल्ने, कतै, पेन्सिलमा हाल्ने, कतै अण्डा भित्रको हसियाँ हथौडामा हाल्ने, कतै गीलासमा भोट हाल्ने,’ उनले भने ।

एमाले सरकारमा आउँदा विकासको लहर चल्ने, तर अन्य पार्टी सरकारमा हुँदा देशको अर्थ तन्त्र खुम्चिने गरेको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने उनको भनाई थियो । स्थानीय निर्वाचनका लागि चुनावी सभामा सम्बोधन गर्न हुम्ला आइपुुगेका अध्यक्ष ओलीले सम्पूर्ण देश निर्वाचनमय भएको बताउँदै यो निर्वाचन कसैले रोक्न र छेक्न नसक्ने बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : १७ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको