७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सशस्त्र प्रहरी बलको एआईजीमा राजु अर्याल सिफारिस



काठमाडौं । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्यालको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

आज बसेको बढुवा सिफारिस समितिको बैठकले अर्याललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा भएका अर्यालबारे उजुरी गर्नको लागि सात दिनको समय दिइएको छ । सातदिनभित्रमा कहि कतैबाट उजुरी नपरेको खण्डमा सरकारले उनलाई एआईजीमा बढुवा गर्नेछ ।

एआईजीमा बढुवा भएसँगै अर्याललाई भावी महानिरीक्षकका लागि बाटो खुलेको छ । गत ३० चैतमा पुष्पराम केसी महानिरीक्षकमा बढुवा भएका थिए । ३० वर्षे सेवा अवधिका कारण उनी यहि १८ वैशाखमा अवकाश पाउँदैछन् ।

उनले अवकाश पाएसँगै अर्यालले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्ने मौका पाउने सम्भावना छ । सशस्त्र प्रहरी बलको नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई मात्र महानिरीक्षकमा बढुवा गर्न सक्ने प्रावधान छ ।

२०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी सशस्त्र प्रहरीको स्थापनासँगै त्यतातिर लागेका थिए ।

सशस्त्र प्रहरी बलको प्रवक्ताको रुपमा समेत काम गरिसकेका अर्याल राम्रो सम्पर्क भएका कमाण्डरको रुपमा चिनिन्छन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल