३ पुस २०८२, बिहिबार | December 18, 2025

विश्व इतिहासमा आजः अल्बर्ट आइन्सटाइनको मृत्युदेखि फ्रान्सिस्कोको शक्तिशाली भूकम्प



काठमाडौं । आज सन् २०२२ को १८ अप्रिल ।आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । आजकै दिन प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो । त्यस्तै जिम्बाबेले बेलायतबाट आजकै दिन स्वतन्त्र भएको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

सान फ्रान्सिस्कोमा शक्तिशाली भूकम्प

सन् १९०६ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परेर ३ हजार जनाको मृत्यु भएको थियो । भूकम्प र त्सपछिको आगलागीमा ८० प्रतिशत सहर ध्वस्त भएको थियो ।

सेन्ट पिटर निर्माण सुरु

सन् १५०६ मा हालको सेन्ट पिटर्स बासिलिकाको निर्माण सुरु भएको थियो । भ्याटिकन सिटीको सेन्ट पिटर विश्वको सबैभन्दा महत्वपूर्ण क्याथोलिक क्षेत्रहहरू मध्ये एक हो ।

अल्बर्ट आइन्सटाइनको मृत्यु

आजकै दिन विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो । जर्मन मूलका अमेरिकी वैज्ञानिक आइन्सटाइनको मृत्यु १९५५ को १८ अप्रिलमा भएको थियो । उनको जन्म १८७९ को १४ मार्चमा जर्मनीको युल्ममा भएको थियो ।

२० औं शताब्दीका महान् भौतिकशास्त्री आइन्सटाइनको सापेक्षतावादको सिद्धान्त अर्थात् ‘थ्योरी अफ रिलेटिभी’लाई भौतिकशास्त्रको महान सिद्धान्तका रुपमा लिइन्छ । यही सिद्धान्तका कारण २० औँ तथा २१ औँ शताब्दीमा भौतिकशास्त्रमा क्रान्ति ल्याएको छ ।

जिम्बाबे स्वतन्त्र

सन् १९८० को १८ अप्रिलमा जिम्बाबे बेलायतबाट स्वतन्त्र भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ५५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका