१० श्रावण २०८३, आइतबार | July 26, 2026

नेपालगन्जमा नयाँ उद्योगको लागि जग्गा अपुग



नेपालगन्ज । नेपालगन्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाको लागि जग्गा अपुग भएको छ ।

नयाँ उद्योग स्थापनाको लागि कार्यालयमा जग्गा माग हुँदै आएपनि खाली जग्गा नभएका कारण दिन नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनलेले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज औद्योगिक क्षेत्रमा अहिले ३५ उद्योग सञ्चालनमा छन् । २३३ रोपनी जग्गामा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका सबै उद्योग सुचारु रहेका छन् । “उद्योग स्थापनाको लागि उद्योगी व्यवसायीबाट औद्योगिक क्षेत्रमा माग छ तर हामीसँग जग्गा छैन”, कार्यालयका प्रमुख पुनले भने, “नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन नहुँदासम्म दिन सकिने अवस्था छैन ।”

नेपालगन्जको बीच बजारमा रहेको औद्योगिक क्षेत्र सुरक्षा र सुविधाका दृष्टिकोणले उपयुक्त रहेकाले नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीको आकर्षणमा पर्ने गरेको छ ।

नेपालगन्ज औद्योगिक क्षेत्रमा पाइप निर्माण गर्ने, प्लाष्टिक उद्योग, प्लाई उद्योग, मेटल उद्योग र पानी उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । यहाँ रहेको विनोद मेटल उद्योग र विजय मेटल उद्योगबाट उत्पादन हुने चरेशका थालहरू तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको कार्यालयका प्रमुख पुनले बताए ।

नेपालगन्जमा उद्योग स्थापना गर्ने जग्गा अभाव भएपछि पछिल्लो पटक नेपालगञ्जसँगै जोडिएको जानकी गाउँपालिकाको वडा नं ६ स्थित गनापुरमा जग्गा किनेर धेरै उद्योग स्थापना भएका छन् । त्यहाँ करिब ८० उद्योग सञ्चालनमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए । शिलान्यास भएको एकवर्ष बितिसक्दा पनि नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको काम सुरु हुन सकेको छैन ।

उनले नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना नहुँदासम्म उद्योग स्थापनाको लागि जग्गा अभाव देखिएको बताउनुभयो । शिलान्यास भएको १३ महिना बित्दासमेत उक्त औद्योगिक क्षेत्रको काम सुरु हुन सकेको छैन । काम सुचारु गर्न आफूहरूले बारम्बार अनुरोध गर्दै आएको महासचिव ओलीको भनाइ छ । रासस

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : ३७ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले