३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउँनै कठिन



अर्घाखाँची । हैन, अर्घाखाँचीका स्थानीय तहमा गठबन्धनबाट को को उम्मेदवार हुने भए ? जिल्लाभर यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन् ।

साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्विप गर्ने योजनमा रहे पनि भागबन्डामै अल्झिदा चुनावी माहोल समेत बन्न सकेको छैन ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भैरहेको नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाडै टुङ्याउने प्रयास भैरहेको उनको भनाइ छ ।

‘विभिन्न चरणमा छलफल भैरहेका छन् । सहमतिमा पुग्ने प्रयास जारी छ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने ‘सम्भवत आज साँझसम्म केही न केही निष्कर्ष आउँछ ।’

कहाँ अड्कियो हलो ?

विगतमा आफूले जितेका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकामा सोही अनुसारको हैसियत माओवादी केन्द्रले दाबी गरिरहेको छ भने मालारानी समेत पालिका प्रमुख र उपप्रमुखसहित केही केही वडामा माओवादीको दाबी छ ।

विगतमा एमालेले जितेका स्थान दाबी गरेको नेकपा एकीकृत समाजवादीले सन्धिखर्क र मालारानीमा नेतृत्व मागिरहेको छ । सकेसम्म दुई पालिकासहित केही वडा मागिरहेको एकीकृत समाजवादीले कम्तिमा एक पालिका छोड्नै नसकिने जनाएको छ ।

गत निर्वाचनमा भूमिकास्थानमा राम्रो मत पाएको र कार्यपालिकामा बहुमत भएको राष्ट्रिय जनमोर्चाले भूमिकास्थानसहित अन्य पालिकामा दावी गरेको छ । जनमोर्चाले भूमिकास्थानको नेतृत्वसहित पाँच वडा दाबी गरेको छ । त्यस्तै, मालारानीमा उपाध्यक्ष र सन्धिखर्कमा उपप्रमुखसहित केही वडामा जनमोर्चाको दाबी छ ।

एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीलाई यसपटक संघीय संसद छिर्नबाट रोक्ने मनसाय बोकेको माओवादी केन्द्र जसरी पनि गठबन्धन कायम गर्ने पक्षमा छ । यद्यपि, माओवादीले बढी भाग खोजेका कारण गठबन्धननै संकटमा परेको ती नेताले बताए ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : ३६ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा