१५ माघ २०८२, बिहिबार | January 29, 2026

कांग्रेसले भन्यो – पोखराको मेयर छोड्दैनौं, मैत्रीपूर्ण प्रतिस्पर्धा गरौं



पोखरा । कांग्रेस कास्कीका सचिवले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने सार्वजनिक अपिल गरेपछि पोखरा महानगर समितिले पनि गठबन्धन नगर्ने संकेत गरेको छ । ‘

नगर प्रमुख र उपप्रमुखका लागि आकाक्षीसँग खुल्ला आवेदन माग गरी उम्मेदवार छनोट प्रक्रियाको अन्तिम अवस्थामा रहेको ब्यहोरा सर्वविदितै छ,’ कांग्रेस पोखराले विज्ञप्ति निकालेर भनेको छ, ‘पार्टीका सभापति र महामन्त्रीसँगको भेटमा प्रमुख पद नेपाली कांग्रेसलेने पाउने संकेत प्राप्त भएको अवस्थामा गठबन्धनको कारणले प्रमुख पद अन्य पार्टीलाई परेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

कांग्रेस एक्लै चुनाव लडे पनि प्रमुख र उपप्रमुख सहित धेरै वडामा चुनाव जित्ने भन्दै प्रमुख पद आफूले पाउनुपर्ने अडान कांग्रेसको छ । ‘कांग्रेस एक्लै निर्वाचनमा जादा पनि प्रमुख, उपप्रमुख सहित अधिकांश वडामा समेत नेतृत्वलिन सक्ने अवस्था रहेकोले प्रमुख पद नेपाली कांग्रेसले नै पाउनुपर्नेमा हामी सशक्त दाबेदार हौं,’ अघि भनिएको छ, ‘यसै सन्दर्भमा गठबन्धनमा रहेका दलहरूले आफ्नो हैसियतभन्दा ठूलो माग राखी समय बर्बादी गर्न तल्लीन भएकोले कांग्रेसका उमेदवारको घोषणा गरी सकारात्मक सोचको विकास गर्न आग्रह गर्दछ ।’

सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले गठबन्धन दलबीच संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास र शान्तिपूर्ण निर्वाचनका लागि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : २८ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय