६ श्रावण २०८३, बुधबार | July 22, 2026

आगामी शुक्रबार बुटवलमा १९७४ एडी गुञ्जँदै



बुटवल । कोभिड १९ का कारण थलिएको नेपाली संगीत बजार बिस्तारै माथि उठन थालेको छ । लामो समयदेखि सार्वजनिक कार्यक्रमहरु नभएका नेपालका बिभिन्न शहरहरुमा पछिल्लो समय धमाधम कन्सर्ट तथा साँगीतिक कार्यक्रमहरु हुन थालेका छन् । सोही क्रममा नेपालको पुरानो र चर्चित ब्याण्ड १९७४ एडीले पनि लामो समयको अन्तरालमा बुटवलमा प्रस्तुती दिने भएको छ । एएमई गु्रप प्रा.लि.को आयोजनामा ‘लाइभ विथ लिजेण्ड फिट १९७४ एडी’ म्यूजिकल जर्नी अन्तर्गत ब्याण्डले बुटवलमा कन्सर्ट गर्न थालेको हो ।

कार्यक्रमका विषयमा जानकारी दिन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आगामी शुक्रबार राति बुटवल स्थित कन्सेप्ट क्लबमा कन्सर्टको आयोजना हुने जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा बोल्दै द लाइभ विद लिजेण्ड यात्राका म्यानेजर अनुप प्रधानले कार्यक्रममा व्याण्डले आफ्ना चर्चित गीत गुराँसै फुल्यो‘,सम्बोधन‘, परेलीमा लुकाई राखन‘,छुँदैन तिम्रो मायाले‘,जति माया लाए पनि ‘,यो मन त मेरो नेपाली‘,पहिलो जूनिमा‘,चौबन्दी चोली‘ लगाएत करिब २ दर्जन गीत प्रस्तुत गर्ने जानकारी दिए ।

द लाइभ विद लिजेण्डको पहिलो संस्करण भएको बताउँदै कार्यक्रममा २० वर्ष भन्दा पुराना व्याण्डहरुलाई समेट्दै आगामी वर्षहरुमा पनि देशव्यापी प्रस्तुतीलाई निरन्तरता दिने म्यानेजर प्रधानले बताए । पहिलो संस्करणमा पुरानो र चर्चित ब्याण्ड १९७४ एडी रोजाइमा परेको बताउँदै पहिलो प्रस्तुती काठमाण्डौंमा भइसकेको र बुटवल पछि पोखरामा कन्सर्ट हुने उनले बताए ।

‘नेपालका पुराना तथा चर्चित व्याण्डहरुको प्रस्तुती देशव्यापी रुपमा दिने उद्देश्यका साथ एएमई ग्रुपले ‘द लाइभ विद लिजेण्ड’ सुरुवात गरेको प्रधानले दाबी गरे ।

शुक्रबार हुने प्रस्तुतीका तयारी तिव्र पारिएको द कन्सेप्ट पव एण्ड क्लबका निर्देशक अतित थापाले बताए । उनले बुटवलमा राष्ट्रिय स्तरका अधिकांश व्याण्ड र कलाकारमार्फत प्रस्तुती गराइसकेको भएपनि शुक्रबारको प्रस्तुती हालसम्मकै ठूलो व्याण्डको प्रस्तुती भएको बताए । ‘१९७४ एडी व्याण्डको प्रस्तुती हुनु हाम्रो लागि गर्वको विषय हो ।’ उनले भने ।

थापाका अनुसार आयोजकको कार्यक्रममा ७ सय बढी संगीतप्रेमीहरुलाई सहभागिता गराउने लक्ष्य रहेको छ । कार्यक्रममा प्रवेशका लागि टिकट सिस्टम रहेको र पहिल्यै बुकिङमा रु एक हजार लाग्ने र सोही दिन क्लबबाटै लिए रु १५ सय लाग्ने आयोजकले जनाएको छ ।

लाइभ म्यूजिक र व्याण्ड प्रस्तुतीका लागि बुटवलको चर्चित क्लब , द कन्सेप्टले कोरोना महामारीपछि आफ्नो संरचना र डेकोरेशन परिपर्वन पनि गरेको बताउँदै पुनः सञ्चालनको जानकारी दिन पनि वृहत कार्यक्रम आयोजना गरिएको उनले बताए ।

५० देखि ८० सम्मको दशकमा निकै सक्रिय र चर्चा कमाउन सफल १९७४ एडी ब्याण्डका मेन भोकलिष्ट एड्रिन प्रधान हुन् । उनका लाखौं फ्यानहरु रहेका छन् । त्यसैगरी व्याण्डमा बाँसुरीमा मनोज सिंह रहेका छन् । उनी अन्तराष्ट्रिय ग्रामी अवार्ड प्राप्त गर्ने पहिलो कलाकार हुन् ।

त्यसैगरी व्याण्डमा मनोज केसी (गितारमा(,निराकर याकथुमबा(बेसमा) ,सञ्जय श्रेष्ठ (ड्रममा) लगाएत रहेका छन् । कोरोना महामारीपछि नेपालमा सञ्चालित यो कार्यक्रम ठूलो रहेको बताउँदै उत्साहजनक सहभागिता रहेको र बुटवलमा पनि भव्य रुपमा सफल हुने कार्यक्रमका म्यानेजर अनुप प्रधानले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : १९ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना