४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु



काठमाडौं । आज सन् २०२२ को १९ अप्रिल । विश्व इतिहासमा आज सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

अमेरिकामा बम हमला

सन् १९९५ मा अमेरिकाको ओक्लाहोमा सहरमा भएका विस्फोटहरूमा १६८ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणका माइस्टरमाइन्ड तिमोथी म्याकभेगलाई सन् २०११ को ११ जुनमा मृत्युदण्ड दिइएको थियो । विस्फोटको कारण खुलेको छैन् । विस्फोटमा मृत्यु हुनेमध्ये १९ जना शिशु तथा बालबालिका थिए ।

पहिलो मानव अन्तरिक्ष स्टेसन

सन् १९७१ को १९ अप्रिलमा सोभियत युनियन विश्वकै सबैभन्दा पहिलो मानव अन्तरिक्ष स्टेसन सुरु भएको थियो । स्यालुट १ नामक दिइएको सो स्टेसन २३ मिटर लामो थियो ।

अमेरिकी क्रान्तिकारी युद्ध

सन् १७७५ मा अमेरिकी क्रान्तिकारी युद्ध सुरु भएको थियो । लेक्सिङ्टन र कन्कर्डको युद्धले ग्रेट ब्रिटेनको राज्य र ब्रिटिश उत्तरी अमेरिकाका १३ उपनिवेशहरूबीच सशस्त्र द्वन्द्व भएको थियो । युद्धको परिणामस्वरूप अमेरिकी स्वतन्त्रता भयो ।

चाल्स डार्विनको मृत्यु

आजकै दिन प्रसिद्ध वैज्ञानिक चाल्र्स डार्विनको मृत्यु भएको थियो । सन् १८०९ को १२ फेब्रुवरीमा बेलायतमा जन्मिएका डार्विनको मृत्यु १८८२ को १९ अप्रिलमा भएको थियो । डार्विनले क्रमिक विकास सिद्धान्तको प्रतिपादन गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको