४ पुस २०८२, शुक्रबार | December 19, 2025

सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल



काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा सहमति जुट्न नसकेको हो ।

पोखराबाहेक, काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकामा भागबन्डा मिलिसकेको छ । नेताहरूका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने सहमति भएको छ । भरतपुरको मेयर माओवादी केन्द्र र वीरगन्जको मेयर जनता समाजवादी पार्टीले लिने सहमति भइसकेको छ ।

पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुवैको दाबी छ । सो महानगरमा सहमति नजुट्दा अन्य सहमति भएका महानगरको विषयलाई समेत सार्वजनिक गरिएको छैन ।

‘६ वटा महानगर र ११ उपमहानगरमा तालमेल’ दिनभर छलफल भयो, पोखरामा कुरा नमिल्दा सहमति भएन, मंगलबार बिहानसम्म सबै महानगर र उपमहानगरमा तालमेल’ ठोस सहमति हुन्छ,’ कांग्रेस उच्च स्रोतले राजधानीसँग भन्यो ।

कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तालमेल’ सत्ता गठबन्धन सहमतिनजिक पुगेको दाबी गरे ।

‘चुनावी तालमेल’ गम्भीरतापूर्वक छलफल गरेका छौं धेरै ठाउँमा भागबन्डा’ सहमतिनजिक पुगिएको छ, त्यसलाई अन्तिम रूप दिन मंगलबार साढे ११ बजे पुनः बैठक बोलाइएको छ,’ मन्त्री कार्कीले भने ।

उनका अनुसार ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थिति’ बैठकमा व्यापक छलफल भएको छ ।
पाँच महानगरमा मेयर उपमेयर कसलाई ?

स्रोतका अनुसार काठमाडौं महानगरमा मेयर कांग्रेसले लिँदा उपमेयर नेकपा एसलाई दिने सहमति भएको छ । ललितपुरमा मेयर उपमेयर दुवै कांग्रेसले लिने सहमति बनेको छ ।

यसैगरी, विराटनगरमा मेयर कांग्रेसले लिने र उपमेयर जसपालाई दिने सहमति गठबन्धनमा बनेको दाबी गरिएको छ । यस्तै, भरतपुरमा मेयर माओवादीले लिने र उपमेयरसहित सबै वडाअध्यक्ष कांग्रेसले निले गरी सहमति गरिएको दाबी गरिएको छ ।

यस्तै, पोखरामा भने कांग्रेस र नेकपा एस दुवैको अडान हुँदा सहमति भएकै छैन । तर, नेकपा एसलाई मेयर दिएर उपमेयर कांग्रेसले लिने गरी सहमति हुने सम्भावना छ । यसैगरी, वीरगन्ज महानगरमा मेयर जसपालाई दिएर उपमेयर कांग्रेसले लिनेगरी उच्च तहमा सहमति भइसकेको छ । तर, पोखरामा सहमति नजुट्दा भागबन्डाको यो मस्यौदा सार्वजनिक गरिएको छैन । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको