१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

पर्यटक आवागमनलाई सहज बनाउन व्यवसायीको ध्यानाकर्षण



काठमाडौं । पर्यटन व्यवसायीहरूले विदेशी पर्यटक आवागमन सहज तुल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अध्यागमन विभागले हालै जारी गरेको सूचनाले सेवा प्रवाहमा झन्झटिलो व्यवस्थापन देखिएको भन्दै पर्यटन क्षेत्रका अगुवा सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै यसले नेपालप्रति नकारात्मक सन्देश जान सक्ने भएकाले तत्काल पर्यटक आगमनलाई सहज पुग्ने गरी काम अघि बढाउन माग गरेका हुन् ।

कोभिड–१९ ले थला परेको पर्यटन व्यवसाय चलायमान हुन सुरु गरेको अवस्थामा अध्यागमन विभागले मिति २०७९ वैशाख ३ गते नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि ‘अन अराइभल भिसा’ शुल्क लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एटिएम मेसिनबाट डलर बराबरको नेपाली रुपैयाँ निकाल्न समस्या भएकाले नगद नै लिएर आउन सूचना जारी गरेको थियो । यद्यपी, चौतर्फी आलोचना बढेपछि नगदमै डलर बोक्ने निर्देशनलाई अध्यागमन विभागले फिर्ता लिएको छ ।

यस किसिमको सामान्य कमजोरी सुधार गर्नुको सट्टा नेपाल भ्रमणमा आउने पर्यटकलाई नगद नै ल्याउनुपर्ने भन्ने झन्झटिलो व्यवस्थाले पर्यटकलाई नेपालप्रति थप नकारात्मक बनाउने तथा हाम्रो संरचनाप्रति विश्वासनीयतासमेत घटाउने व्यवसायीको भनाइ छ । “तत्काल एटिएम मेशिन, इन्टरनेश्नल डेबिट एण्ड क्रेडिट कार्ड, स्वीफ मेसिन, फोनपेहरू थप गरी पर्यटकको आगमनलाई सहज हुने गरी तुरुन्त कार्य अगाडि बढाउन पर्यटन व्यवसायीको तर्फबाट जोडदार माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाल आउने पर्यटकलाई प्रभावित गर्ने यस्ता सूचना बारम्बार छोटो समयमा जारी भइरहँदा पर्यटकलाई थप जटिलता थप्नेतर्पm सचेत रहन पनि व्यवसायीले अनुरोध गरेका छन् । यस किसिमको निर्णय गर्दा पर्यटन व्यवसायीको राष्ट्रिय संस्था तथा सरोकारवालासँग परामर्श नगरी गर्ने प्रचलनबाट पर्यटन व्यवसाय थप प्रभावित हुने हुँदा आगामी दिनमा यस्ता निर्णय गर्नुपूर्व सरोकारवालासँग आवश्यक परामर्श लिनसमेत आग्रह गरिएको छ । साथै अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका एटिएम मेसिन दुरुस्त सञ्चालन हुने व्यवस्था गर्न सम्बन्धित वाणिज्य बैंकहरूलाई निर्देशन दिन तथा ई–पेमेन्ट गेटवेमार्पmत विदेशबाटै सहज भुक्तानीका लागि वातावरण बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक प्रबन्ध गर्न पनि व्यवसायीले माग गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र थप वाणिज्य बैंकहरूका एटिएम बुथको सङ्ख्या वृद्धि गर्न, आवश्यक व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समेत माग गरिएको छ ।

त्यसैगरी नेपाल भ्रमण गर्ने पर्यटकका लागि ई–भिसा इस्यू गर्ने प्रबन्ध मिलाउन व्यवसायीले सरकारसमक्ष माग गरेका छन् । यसरी विज्ञप्ति जारी गर्ने संस्थामा नेपाल एशोएिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा), होटल सङ्घ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) रहेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : ४३ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a