२१ भदौ २०८३, आइतबार | September 6, 2026

विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई सुधार ल्याउन एनआरएनएले अन्तर्क्रिया गर्ने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई सुधार ल्याउन गैरआवासीय नेपालीसँग अन्तर्क्रिया गर्ने भएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सोमबारको आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक संकट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको हो ।

बैठकले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई समाधान गर्न अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका अधिकारी र अर्थविद्लगायतको उपस्थितिमा बुधबार बृहत अन्तर्क्रिया गर्ने निर्णय गरेको छ ।

विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने र उक्त खातामा कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकले विदेशबाट अनलाइनमार्फत् डलर खाता खोल्दा, डलर पठाउँदा, सो खातामा बचतमा राख्दा र आवश्यक परेका बेला उक्त रकम फिर्ता लैजाँदा आउने समस्या तथा मौद्रिक नीतिले गैरआवासीय नेपालीलाई पारेको अप्ठ्यारोका बारेमा अध्ययन गरी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने उद्देश्यले उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कार्यदलमा संघका सबै उपाध्यक्ष सदस्य छन् । अर्थमन्त्री जनार्दन शर्माले सोमबार मुलुकको आर्थिक परिदृश्यबारे विदेशस्थित कूटनीतिक नियोगका प्रमुखलाई जानकारी गराउँदै विप्रेषण अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा लाग्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : ४७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त