१७ श्रावण २०८३, आइतबार | August 2, 2026

अतिक्रमण हटाएर पार्क बनाउँदै बेनी नगरपालिका



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-८ कालीपुलमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर पार्क (उद्यान) बनाउन थालिएको छ । स्थानीय व्यक्तिहरूले अतिक्रमण गरेको सार्वजनिक जग्गा पहिचान गरेर संरक्षणका साथै उद्यान बनाउन लागिएको हो ।

बेनी नगरपालिका-८ का वडाध्यक्ष रामकृष्ण बराइली (विश्वकर्मा)ले सार्वजनिक जग्गाको संरक्षण र स्थानीय आवश्यकताअनुसार उद्यान बनाउन लागिएको बताए ।

“नापी कार्यालयको प्राविधिक सहयोगमा सार्वजनिक जग्गा पहिचान गरेर सहमतिमा अतिक्रमण हटाएका थियौँ”, उनले भने, “फिर्ता भएको सार्वजनिक जग्गालाई संरक्षण र व्यवस्थापन गरेर उद्यान बनाउन लागिएको हो ।”

कालीपुलको पुरानो पुल नजिक कालीगण्डकी किनारमा व्यक्तिगत जग्गाको साँध सिमानामा रहेको एक रोपनीभन्दा बढी जग्गा फिर्ता गराइएको थियो । पहिलो चरणमा छ जनाबाट अतिक्रमित जग्गा फिर्ता गरिएको र थप जग्गा पहिचान गरिने वडा सदस्य हिमबहादुर भण्डारीले बताए ।

कालीगण्डकी नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बाल उद्यान बगैँचा बनाउनुका साथै बसपार्कमा पुग्ने पैदलमार्ग बनाउन लागिएको हो । उद्यान निर्माणका लागि चालु आर्थिक वर्ष २०७८/७९ मा बेनी नगरपालिकाले रु चार लाख बजेट विनियोजन गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद पुनले एक दशमव ३० मिटर अग्लो र ६५ मिटर लामो मेसेरेनरी पर्खाल निर्माण अन्तिम चरणमा पुगेको बताए । “पर्खालमाथि ४२ वटा फलामको पोल र रेलिङ राख्ने योजना छ”, उनले भने, “पर्खाल बनाएपछि माटो राखेर फिलिङ गर्छौँ । उद्यान बनाउन थप बजेट व्यवस्थापनका लागि नगरपालिकामा प्रस्ताव गरेका छौँ ।”

गलत नियतले नभई आफूहरूले खरिद गर्नुअघिदेखि नै व्यक्तिहरूले प्रयोग गरेको जग्गा सार्वजनिक भएको नापचाँचबाट पहिचान भएपछि अहिले फिर्ता गर्नुपर्दा मर्कामा परेको स्थानीयवासीले बताएका छन् । कालीपुल म्याग्दी सदरमुकाम बेनी बजारभित्रको पुरानो बस्ती हो । यो बस्तीमा चहलपहल बढाउन त्यहाँ रहेको पर्वत जोड्ने पुरानो फलामको पुल संरक्षण र नजिकै दृष्यावलोकनस्थल बनाइएको छ । फलामको पुललाई रङरोगन गरिएको छ ।

पुलको जीपका लागि बनाइएको पर्खालको उचाइ बढाएर त्यहाँ पुग्ने फलामको भ¥याङ राखिएको छ । माथिल्लो भागमा बसेर कालीगण्डकी नदी, कालीपुल र बेनी बजारको दृष्यावलोकन गर्न सकिन्छ । दृष्यावलोकनस्थलमा गर्मीमा शीतलता, चिसोमा घाम ताप्ने, तस्वीर खिच्ने र टिकटक बनाउनेहरूको चहलपहल बढेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : २६ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको