२९ भदौ २०८३, सोमबार | September 15, 2026

अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र एलजीबीटीक्युआई प्लस अभियन्ता श्रेष्ठबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिङले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता तथा नेपाली ‘एलजीबीटीक्युआई प्लस’ अभियन्ता भूमिका श्रेष्ठसँग भेट गरेकी छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भेटघाटमा नेपाली एलजीबीटीक्युआई प्लस समुदायको अधिकार र उत्थानका विषयमा छलफल भएको थियो ।

‘अमेरिका नेपालमा एलजीबीटीक्युआई प्लस समुदायको अधिकारको उत्थान र समान अवसरको पहलका लागि श्रेष्ठको योगदानको प्रसंशा गर्दछ र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारका लागि हुने प्रयासमा हरसम्भव सघाउन प्रतिवद्ध छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेको छ ।

नेपाल र अमेरिकाबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ नेपाल भ्रमणमा आएकी हुन् ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ५५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ